एसीसी यू १९ प्रिमियर कप : इरानविरुद्ध नेपाल २७४ रनले विजयी

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ ।

बिहीबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै समेटियो ।

इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे ।

नेपालका लागि सुवास भण्डारी र दिपक कँडेलले तीन तीन विकेट लिए । भण्डारीले ८ दशमलव ५ ओभर बलिङ गर्दै जम्मा ६ रन दिए भने ७ ओभर बलिङ गरेका कँडेलले ४ रन मात्रै दिए ।

टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको नेपाल ४०ं१ ओभरमा ३ सय ५३ रन बनाउँदा अलआउट भयो।

इरानविरुद्ध कप्तान देव खनालले कीर्तिमानी शतक प्रहार गरे। देवले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे।

विकेटकिपर दीपक प्रसाद डुम्रे ६९ रनमा आउट भए। दीपेश कंडेल २९, आकाश चन्द १९, हेमन्त धामी २३, सुवास भण्डारीले १८ रन थपे।

आकाश त्रिपाठी ३ रनमा आउट हुँदा ओपनर अर्जुन कुमाल र मिलन बोहोरा गोल्डेन डक आउट भए।

इरानका लागि दद्रहमान राइसी र लमान निज्मान्दले समान ३ विकेट लिए। समान शेखी र जियाद राइसीले समान दुई विकेट लिए।

समूह चरणको दोस्रो खेलमा नेपालले आइतबार बहराइनविरुद्ध खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here