छिमेकी प्रधानमन्त्री हाम्रो भूमिमा आउँदा सरकारले जानकारी गराउनु पर्दैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले प्रधानमन्त्री मोदी नेपालको भू–भागमा के कति कारणले भ्रमणमा आएका हुन्, त्यसको बारेमा सदनलाई जानकारी गराउन माग गरे ।

उनले भने, ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री हाम्रो भू-भागमा आउनुभएको रहेछ । सरकार र परराष्ट्रमन्त्रीलाई सोध्न चाहन्छु छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले सदन र जनतालाई जानकारी गराउनु पर्दैन ? छिमेकी राष्ट्रको सरकारप्रमुख हाम्रो भूमिका आउँदा सरकारले स्वागत गर्नुपर्दैन ? त्यसको औपचारिकता हुँदैन । त्यसबारे सरकारले जानकारी गराउनुपर्‍यो ।’

‘कुटी, गुञ्जी नेपालको चुच्चे नक्सा भित्र पर्छ। सदनले पास गरेको नक्सा भित्र पर्छ। त्यसकारण त्यो भू–भागभित्र गुञ्जी पनि पर्छ जहाँ भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here