महेश बस्नेत सहभागी कार्यक्रमका गाडी तोडफोड (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन आएका एमाले कार्यकर्ता चढेको गाडीमा दुर्गा प्रसाईंका समर्थक र पहिचानवादीको समूहले तोडफोड गरेका छन् ।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशन उद्घाटन गर्न बस्नेत बिहीबार झापा पुगेका थिए । त्यस क्रममा उनलाई प्रदर्शनकारीले कालो झण्डा समेत देखाएका थिए ।

कार्यक्रम चलुन्जेल अर्जुनधारा क्षेत्रमा पहिचानवादीले नारावाजी गरेका थिए । प्रसाईंले काठमाडौमा मोसो दलिएको घटनाको बदला लिने चेतावनी दिएका थिए ।


तस्वीरहरू प्रदीप परियारको फेसबुकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here