इजरायलबाट नेपालीलाई लिएर उड्यो जहाज, राति काठमाडौं आइपुग्ने

काठमाडौं । इजरायलबाट २५४ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ ।

बेन गुरियन विमानस्थलबाट उडेको विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ । परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए।

प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायबीच युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले उद्धार गरी ल्याउन लागेको हो । सरकारले बिहीबार बिहान नेपालीको उद्धारका लागि जहाज इजरायल पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here