कोशीको मुख्यमन्त्रीमा गठबन्धनकै केदार कार्की, इन्द्र आङ्बोको दाबी पेश

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी गरेका छन्।

कार्कीले नेकपा एमालेका ३९ र उनकै दलको ८ जनाको सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी पेस गरेका हुन्। उनी शेखर कोइराला पक्षका नेता हुन्। काठमाडौंमा बसेको सत्तारुढ गठबन्धनको बैठकले माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो।

तर, त्यसप्रति असन्तुष्ट कार्कीले एमालेको समर्थन लिएर मुख्यमन्त्री दाबी गरेका हुन्।त्यस्तै मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । बिहीबार साँझ कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here