विश्वकप फुटबल छनोट: नेपाल र लाओसबीचको खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपाल र लाओसले बिहीबार बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा दुवै टिमले १-१ गोल गरेका हुन् । खेलको ३३औं मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए ।

४९ ‌औं मिनेटमा अञ्जन विष्टले बराबरी गोल फर्काए । एरिक विष्टको कर्नरमा विष्टले हेडर गोल गरेर नेपाललाई हारबाट जोगाए । नेपाल अब अवे खेलअन्तर्गत अर्काे खेल लाओसमा खेल्नेछ । अवे खेल अक्टोबर १७ तारिखमा लाओसको मैदानमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here