रोनाल्डोले २ गोल गरेपछि पोर्चुगल युरो कपमा छनोट

एजेन्सी । पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलका लागि छनोट भएको छ। गएराति भएको खेलमा स्लोभाकियालाई ३-२ ले हराउँदै पोर्चुगलले २०२४ युरो कपमा स्थान पक्का गरेको हो।

घरेलु मैदानमा पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे। यो जितपछि समूह जेमा पोर्चुगलले लगातार ७ खेल जित्दै २१ अंकका साथ युरो कपमा स्थान सुरक्षित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here