भारतविरुद्ध पाकिस्तान १९१ रनमा अलआउट

काठमाडौं । मध्यक्रमका ब्याट्सम्यानको नाटकीय पतन हुँदा पाकिस्तानले भारतसामु जीतका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । उनलाई मोहम्मद रिजवानले ४९ रन बनाउँदै राम्रो साथ दिए ।

इमान उलहकले ३६ र अब्दुल्लाह शाफिकले २० रन बनाए । भारतका लागि जसप्रित बुमराह, मोहमद सिराज, हार्दीक पाण्ड्या, रविन्द्र जडेजा र कुलदीप यादवले समान दुई-दुई विकेट लिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here