नेपाल एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल नजिक

काठमाडौं । एसीसी मेन्स यू–१९ प्रिमियर कपमा नेपालले दोस्रो जीत दर्ता गरेको छ । आइतवार भएको खेलमा नेपालले बहराइन यू-१९ लाई ७ विकेटको फराकिलो अन्तरले पराजीत गर्‍यो ।​

बहराइनले पेश गरेको ७८ रनको चुनौती नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपाललाई सहजै लक्ष्यसम्म पुर्‍याउने क्रममा कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले समान ३२ रन जोडे । १० रनमा तीन विकेट गुमाएको अवस्थामा नेपालका लागि देव खनाल र अर्जुन कुमालले क्रिज सम्हाले ।

नेपालको ब्याटिङको शुरूआत भने राम्रो हुन सकेको थिएन १० रन जोड्दा ३ विकेट गुमाउने क्रममा दीपक बोहराले ४ र दिपक प्रसाद डुम्रेले १ रन जोडे । उत्तम थापा मगर रनको खाता नखोली पेबेलियन फर्किए ।

यसअघि बलिङतर्फ दिपेश कंडेलले ६ र दुर्गेश गुप्ताले ४ विकेट लिएका थिए । नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको फराकिलो जित निकालेको थियो ।

नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ । समूहको विजेता सेमिफाइनल पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here