मुखियालाई जगदम्बा श्री र ओझालाई मदन पुरस्कार प्रदान

काठमाडौं । मदन पुरस्कार गुठीले सोमबार ललितपुरमा आयोजित एक समारोहकाबीच कलाकार टेकवीर मुखियालाई जगदम्बा श्री र ऐंठन उपन्यासका लेखक विवेक ओझालाई मदन पुरस्कार प्रदान गरेको छ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले विजेता स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि दिए । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ । ओझाको यसअघि ‘ऐलानी’ नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here