फिफा विश्वकप छनोट : नेपाललाई आज जित्नै पर्ने दबाब

काठमाडौं । फिफा विश्वकप– २०२६ छनोटको पहिलो चरणअन्तर्गत दोस्रो लेगमा मंगलबार (आज) लाओसविरुद्ध जित्नै पर्ने दबाबसहित मैदान उत्रिदै छ ।

लाओसस्थित न्यु लाओस राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार अपराह्न ५ः४५ बजेदेखि सुरु हुनेछ । नेपाली टिम कुनै पनि हालतमा जितको लागि खेल्नेछ ।

काठमाडौँको दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।

घरेलु मैदानमा बराबरीमा चित्त बुझाएकाले नेपाल आजको खेलमा निकै दबाबमा हुनेछ । यो खेलमा अनुकूल परिणाम नआउँदा छनोटबाट बाहिरिने भएकाले हरहालतमा नेपालले आफूभन्दा कम वरीयताको टिमलाई हराउनै पर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here