सुन,चाँदीको भाउ घट्यो

काठमाडौं । नेपाल बजारमा सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको मूल्य ४०० र चाँदी मूल्य १५ रुपैयाँले सस्तिएको छ। आज सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य १ लाख १२ हजार ३०० रुपैयाँ थियो। आइतबार र शनिबार भने सुन प्रतितोला १ लाख १३ हजारमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार भने सुनको मूल्य १ लाख १० हजार १०० रुपैयाँ थियो।

त्यसैगरी, तीनदिन स्थिर रहेको चाँदीको मूल्य आज घटेर १ हजार ३७५ रुपैयाँ पुगेको छ। शनिबार, आइतबार र सोमबार चाँदी प्रतितोला १ हजार ३९० मा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here