भारतको ‘रेस्क्यु फ्लाइट’मा १९ जना नेपालीको इजरायलबाट उद्धार

काठमाडौं । सरकारले इजरायलमा थप १९ जना नेपालीको उद्धार गरेको छ। प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्कन अनलाइन आवेदन दिएका उनीहरूलाई सरकारले उद्धार गरेको हो ।

यसअघि सरकारले युद्धग्रस्त इजरायलमा रहेका २५० भन्दा बढी नेपालीलाई उद्धार गरेर स्वदेश ल्याएको थियो।

परराष्ट्र मन्त्रालयले स्थानीय समय अनुसार बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने जनाएको छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरेको पनि मन्त्रालयले जनाएको छ।

उद्धार गरिएका नेपाली नागरिकहरुको नाम

नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ, उर्मिला श्रेष्ठ