मेस्सी विश्वकप छनोट दक्षिण अमेरिकाको सर्वाधिक गोलकर्ता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाले जित निकालेको छ। बुधबार विहान सकिएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले हरायो।

अर्जेन्टिनाका लागि दुवै गोल लिओनल मेसीले गरे। उनले खेलको ३२ र ४२ मिनेटमा गोल गरेका थिए। यससँगै उनी विश्वकपको दक्षिण अमेरिका छनोटमा सर्वाधिक गोलकर्ता (३१ गोल) भए। उनले उरुग्वेका लुइस सुआरेज (२९ गोल) लाई पछि पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here