विश्वकप क्रिकेटमा आजदेखि छैटौँ चरणका खेल

काठमाडौं । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा आजदेखि छैटौँ चरणका खेलहरु हुँदैछन् । लिग चरणका आधा बढी खेल सकिइसक्दा सेमिफाइनलमा पुग्ने चार टोलीको आँकडा बन्न थालेको छ ।

आफू सेमिफाइनल पुग्ने सम्भावनाबाट टाढिएका टिमलेसमेत माथिल्लो स्थानमा रहेका टिमको समीकरण बदल्न सक्ने भएकाले अबका हरेक खेल सबैका लागि महत्वपूर्ण छन् । ५ खेलबाट १० अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ ।

५ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । ५ खेलबाट ६ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । श्रीलंका ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । पाकिस्तान ५ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । अफगानिस्तान ५ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रहेको छ । ५ खेलबाट २ अंकसहित बंगलादेश आठौँ स्थानमा छ । ५ खेलबाट २ अंकसहित इङ्गल्याण्ड नवौँ स्थानमा रहेको छ । ५ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स दशौँ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here