१८ वर्षपछि हङकङमा खुल्यो नेपालीलाई भिसा

एजेन्सी । हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्।

सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो। यो नयाँ नीतिसँगै अब नेपाली इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार लगायतका प्रतिभाहरूले हङकङमा सहजै रोजगार भिसा पाउने छन्। साथै नेपालीले जुनसुकै क्षेत्रको तालिमका लागि पनि अब हङकङको भिसा पाउने छन्।

जोन लीको नीति सम्बोधनले हङकङका कतिपय नेपाली अलमलमा परेको पाइएको छ। भिसा त खुल्यो तर सन् २००५ मा बन्द गरिएको घरेलु कामदार लगायत सबै भिसा खुलेको हो कि के हो भन्ने अन्योल देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here