रेकर्डबाट तल झर्‍यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य नयाँ रेकर्डबाट तल झरेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेकोमा आज ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ पुगेको हो।

तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ। यसदिन सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ।

चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ। गत शनिबार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक लाख १७ हजार रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here