यूएईको विजयी शुरूवात, बहराइन ५ विकेटले पराजित

काठमाडौं । आईसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले विजयी शुरूवात गरेको छ। सोमबार मुलपानीमा भएको खेलमा बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो।

बराइनले दिएको १३६ रनको लक्ष्य यूएईले पाँच विकेट गुमाउँदै १० बल बाँकी छँदै भेट्टायो। यूएईका लागि अलि नासरले २७ बलमा चार चौका र तीन् छक्कासहित अविजित सर्वाधिक ४८ रन बनाए। त्यस्तै आशिफ खानले २३, मोहम्मद वसिमले १२ रनको योगदान गरे।

बसिल अहम्मद ११ रनमा अविजित रहे। बहराइनका लागि रिजवान बटले दुई तथा साथिया विरापाथिरन, अब्दुल मजिद र सचिन कुमारले समान एक/एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here