अर्नाले पहिलो खेलमै नेपाली खेलाडी ६ लाख ७६ हजार दिनुपर्ने, कसलाई कति ?

काठमाडौं । विश्वकप छनोट खेलमा सहभागी भएका खेलाडीहरुलाई यसअघि अर्ना बियरले उनीहरुको प्रदर्शनको आधारमा रकम दिने घोषणा गरेको थियो। घोषणा अनुसार नेपाली खेलाडीका लागि पहिलो खेलमा कुल ६ लाख ७६ हजार खर्च गर्नेुपर्ने देखिएको छ।

बलिङतर्फ कुल २ लाख ९४ हजार र ब्याटिङतर्फ कुल ३ लाख ८२ हजार गरी कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको हो। कुशल भुर्तेलले सबैभन्दा धेरै रकम पाउने देखिएको छ। भुर्तेलले १ लाख ९४ हजार पाउने देखिन्छ।

कुशल भुर्तेल- १ लाख ९४ हजार (७४ रन, ८ चौका, २ छक्का)

आशिफ शेख- ६७ हजार (२७ रन, २ चौका, १ छक्का)

रोहित पौडेल- ९५ हजार (३५ रन, २ चौका, २ छक्का)

कुशल मल्ल- २६ हजार ( ६ रन, १ छक्का)

करण केसी- ६१ हजार (११ डट बल, २ विकेट)

सोमपाल कामी- १३ हजार (१३ डट बल)

अविनाश बोहरा- ९४ हजार (९ डट बल, १ मेडन, ३ विकेट)

सन्दीप लामिछाने- ६३ हजार (१३ डट बल, २ विकेट)

गुलशन झा- ६३ हजार (१३ डट बल, २ विकेट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here