मेस्सीलाई आठौं पटक बालोन डी’ओर अवार्ड

काठमाडौं । अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेस्सीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जितेका हुन्।

गत वर्ष कतारमा भएको विश्वकपको उपाधि आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित एक समारोहमा ३६ वर्षीय मेस्सीलाई बालोन डी’ओर अवार्डले सम्मान गरियो।

विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने दोस्रो व्यक्ति बनेका फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here