राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज (मंगलबार) संघीय संसद्‍का दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् ।

संसदको दुवै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । संसद बैठकमा गुटेरेसको सम्बोधनबाहेक अन्य एजेन्डा राखिएका छैनन् । सम्बोधनपछि संसद् भवन परिसरमै पत्रकारसँग साक्षात्कार कार्यक्रम राखिएको छ ।

प्रतिनिधिसभा नियमावलीअनुसार कुनै विदेशी राष्ट्रको राष्ट्रप्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाअनुसार सरकारको अनुरोधमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था छ ।

राष्ट्रसंघका महासचिवले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि अहिले संसद् भवन भने झकिझकाउ बनाइएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि संसद् बैठकलाई सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here