बन्द भएको द्रुत बसको लेनमा अब डोरी लगाइने, तिहारपछि पुनः सञ्चालन

काठमाडौं । संविधान दिवसको दिन असोज ३ देखि तामझामका साथ शुरु भएको सूर्यविनायक–रत्नपार्क द्रुत बससेवा दशैंदेखि बन्द भएको छ ।

द्रुत मार्ग खाली गर्न ट्राफिक प्रहरीले आवश्यक सहयोग नगरेको व्यवसायीहरुले बताएका छन् । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले एक अर्कालाई दोष लगाएका छन् ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भने दशैंदेखि तिहारसम्म उपत्यकाका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको दाबी गरेका छन् ।

प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । द्रुत बस सेवाको लेनमा अब डोरी लगाइने भएको छ ।

रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरु द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुल्लागर्नको लागि डोरी लगाउन लागिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here