बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ । मूलपानी मैदानमा आज भएको पहिलो खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको हो ।

१४७ रनको लक्ष्य पछ्याएको हङकङलाई ५ बल अगावै १२६ रनमा अलआउट गर्दै बहराइनले जित हात पारेको छ । बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । पहिलो खेलमा यूएईसँग पराजित बहराइनको यो पहिलो जित हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here