मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

काठमाडौं । विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाले घरेलु टोली नेपाललाई १६६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो । मलेसियाका सेयद अजिज एक्लैले ६८ रन बनाए ।

अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए। कप्तान अहमद फैज ३ रन जोडेपछि रन आउटको शिकार बने । विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके ।

नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here