रोकिएन बडुवाल टोलमा हात्ती आतंक, फेरि भत्कायो एक घर

पप्पु गुरुङ्ग

दोधार । दोधारा चाँदनीको बडुवाल टोलमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन् ।

दोधारा चाँदनी– ३ भारतको जंगलसँग जोडिएको बडुवाल टोलमा हात्तीले किसानले लगाएको अन्नबाली नष्ट गर्ने, घर नजिक आएर घरलाई भत्काउन खोज्ने गरेका कारण स्थानीय बासिन्दा त्रसित हुँदै आएका छन् ।

सोमवार राती बडुवाल टोलका चम्फा सार्कीको घर भत्काएको छ । रातीको २ बजे समूहगतमा आएको हात्तीको हुलले चम्फाको कच्ची घर भत्काएको वडा सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिइन् ।

चम्फाको घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडी लगाएत रु.५६ हजार बराबरको धनमाल जंगली हात्तीले क्षती गरेको प्रहरीले गरेको मुचुल्कामा उल्लेख छ् । हात्तीको डरले कच्ची घर भएकाहरु छिमेकीको पक्की घरमा आश्रय लिएर बस्दै आएका छन् ।

यस अघि पनि हात्तीले चम्फाको घरमा भित्ता भत्काएको थियो । केही दिन अघि मात्रै दिपक औजी, अमर मगर र रने सार्की, लिला मगरको घर र भान्सा जंगली हात्तीले भत्काएको थियो ।

वर्षौ देखि बस्तीमा जंगली हात्तीले बस्तीमा स्थानियहरुको धनमाल नष्ट गर्ने,आक्रमण गर्ने गर्दै आएपनि सरकार पक्षले कुनै पहल नगरेको उनीहरुमा गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here