‘महाजात्रा’को शुभमुहूर्त, छायांकन आजैबाट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो । बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट आजैदेखि छायांकन सुरु हुनेछ । पहिलो दिन अभिनेता विपिन कार्कीका दृश्य खिच्ने तयारी छ ।

चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् । चलचित्रमा विपीन कार्की, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, वर्षा राउत मुख्य भूमिकामा छन् । नयाँ कलाकारको रुपमा हरिवंशसहित राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ जोडिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here