गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ। बुधबार दिउँसो प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको गोली लागेर भारतीय नागरिक मोहम्मद करिम घाइते भएका छन्। झापा घर भएका हर्क लिम्बूलाई पनि प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here