विश्वकपमा छनोट हुन नेपालको प्रतिद्वन्द्वी यूएई, खेल मुलपानीमा

काठमाडौं । आसन्न टी-२० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग निर्णायक खेल खेल्ने भएको छ । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।

नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।

सेमिफाइनलमा नेपालले शुक्रवार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।

अब भोलि ११ बजे हुने खेलमा नेपाललाई त्यो हारको बदला लिएर विश्वकपमा स्थान बनाउने मौका छ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here