यूएई विरुद्ध पहिले बलिङ गर्दै नेपाल, टिममा फर्किए दीपेन्द्रसिंह ऐरी

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले यूएई विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

खेलका लागि प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् । दीपेन्द्रले जारी छनोट प्रतियोगितामा एक खेल पनि खेलेका छैनन् । सिंगापुरविरुद्धको पहिलो खेलअघि नै दीपेन्द्र घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here