‘विश्वकपमा पुगौं भनेर बिहानै भगवानसँग प्रार्थना गरे,खुशी व्यक्त गर्न सक्दिन्’

काठमाडौं । एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएसँगै नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा आफू भाग्यमानी अनुभव गरिरहेको बताएका छन्।

उनले भने ‘हामी प्राय सबै नेपाली खेलाडीहरु १० वर्ष पहिले भएको वर्ल्ड टि-ट्वान्टी कप हेरेरै हुर्केका हौं, त्यहिबाट क्रिकेट खेल्न हामी सुरु गरेका हौं। घरबाट काठमाडौं आउनु, क्रिकेटको खेल्नु, क्रिकेट अभ्यास गर्नु, टिममा पार्नु अनि अब वर्ल्ड कपको लागि खेल्नु म आफैंलाई भाग्यमानी ठानेको छु। आज बिहान उठ्ने बित्तिकै प्रार्थना गरे। नेपाल वर्ल्ड कप खेल्न पाए हुन्थ्यो। अनि त्यहिं भयो,मैले भगवान्‌लाई धन्यवाद भनेँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here