तीन सातामै फेरियो कोशीको समीकरण, दबाब थेग्न नसकेपछि माओवादी र एसका मन्त्रीको शपथ

काठमाडौं । केन्द्रीय गठबन्धनको दबाब थेग्न नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् ।

उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरु बिना विभागीय मन्त्री नियुक्त भएका हुन् ।

एमालेका ३९ सांसदले काँध थापेर मुख्यमन्त्री बनेका केदार कार्कीले सत्तारुढ गठबन्धन लाई सहभागी गराएसँगै कोशी प्रदेशको राजनीतिक समीकरण तीन सातामै फेरिएको छ । एमाले सरकारबाट बाहिरिने भएको हो । एमालेले यसको औपचारिक निर्णय भने गरिसकेको छैन ।

मुख्यमन्त्री कार्कीले हिजोमात्र एमालेको गुन नबिर्सिने बताएका थिए । एमालेले आफू र कांग्रेसका सांसदलाई मात्रै मन्त्री नियुक्त गर्नुपर्ने अडान राख्दै आएको थियो । सोहीकारण सरकार गठनको २१ दिनसम्म पनि सरकार बिस्तार हुन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here