‘जहाँ भूकम्पको केन्द्रविन्दु त्यहाँ मानवीय क्षति छैन, सग्ला घरहरू देख्न मुस्किल’

???????? ????????? ???????? ?? ??????? , ?? ??????? : ????????? ???????? ????????????? ????? ???????? ???? ???? ???????? ???? ?????????-? ???????? ???????? ????? ? ?????? : ?????? ???? /????

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ ।

केन्द्रविन्दु पर्ने बारेकोटमा मानवीय क्षति भएको विवरण प्राप्त नभएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

स्कुल, स्वास्थ्य चौकीलगायत संरचना भने सग्ला देख्न मुस्किल रहेको उनको भनाइ छ। घाइतेहरूको बारेकोटकै स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइतेहरूको पनि अवस्था सामान्य भएकाले अन्यत्र रिफर गर्नुपर्ने अवस्था पनि देखिएको छैन।’

परकम्पहरू गइरहेका मानिसहरूमा त्रास देखिन्छ। फेरि ठूलो झट्का बेहोर्नुपर्ने हो कि भन्ने छँदै छ। राहतका लागि हामीले केन्द्र, र प्रदेश सरकारसँग पनि समन्वय गरिरहेका छौं,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here