नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपालले आज ओमानविरुद्ध फाइनल खेल खेल्दै छ ।

नेपालले आजको खेलमा दिपेन्द्र सिंह ऐरीको ठाउँमा सन्दीप जोरालाई प्लेइङ ११ मा समेटेको छ।

यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ‘ए’ को विजेता बनेको थियो । आज नेपाल सोही खेलको बदलासहित घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here