नेपाली क्रिकेटर कालोपट्टी बाँधेर मैदानमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरुले कालोपट्टी बाँधेर खेलेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाएकाहरुको शोकमा नेपाली टिमले हातमा कालो पट्टी बाँधेर खेल्ने निर्णय गरेका हुन् ।

नेपाली खेलाडीहरुले मौनधारण पनि गरेका छन् । यो फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितहरुलाई दिने निर्णय यसअघि नै नेपाल क्रिकेट संघ क्यानले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here