त्रिवि क्रिकेट मैदानमा लाइट जडान गर्न २७ करोड ४० लाखको ठेक्का

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँको ठेक्का पाएको छ।

यसअघि सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने घोषणा गरेपछि राखेपले प्रकृया अगाडि बढाएको थियो। फ्लड लाइट जडानपछि त्रिवि क्रिकेट मैदानमा राती पनि खेलहरु सन्चालन गर्न सकिने छ।