डेंगु संक्रमितको संख्या ४६ हजार नाघ्यो, २० जनाको मृत्यु

काठमाडौं । यो वर्ष डेंगु संक्रमितको संख्या ४६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म २५५३ जना संक्रमित भएका छन् । काठमाडौं जिल्लामा मात्रै एक हजार ५६९ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ । डेंगुका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here