अफगानिस्तानमाथि अविश्वसनीय जित निकाल्दै अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडौं । विश्वकप क्रिकेटको इतिहासकै एउटा अविश्वसनीय म्याचमा अष्ट्रेलियाले अफगानिस्तानमाथि अविश्वसनीय जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ । ग्लेन म्याक्सवेलले असाधारण ब्याटिङ गर्दै हारको मुखबाट अष्ट्रेलियालाई जित दिलाए ।

अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएको अवस्थाबाट २९२को लक्ष्य भेटेको हो । म्यासवेलले घाइते अवस्थामा दोहोरो शतक हान्दै अफगानिस्तानलाई स्तब्ध तुल्याए ।

चोटग्रस्त अवस्थामा पनि म्याक्सवेलले २१ चौका र १० छक्का प्रहार गर्दै ४६.५ ओभरमै अफगानिस्तानको लक्ष्य पूरा गर्दै देशलाई सेमिफाइनल पुर्‍याए।

उनले १२८ बलमा दोहोरो शतक पूरा गरे। कप्तान पाट कमिन्स ६८ बल १२ रन बनाएर अविजित रहे। त्यसअघि डेविड वार्नरले १८, मिचेल मार्सले २४ र मार्नस लबुसचेनले १४ रनमात्रै बनाएका थिए। निराश बनिकसकेको टिमलाई म्याक्सवेलले सेमिफाइनल पुर्‍याएका हुन्। त्यसमा कप्तान पाट कमिन्सले पनि साथ दिए।

बलिङमा अफगानिस्तानका नवीन उल हक, अजमतुल्लाह ओमारजइ र रसिद खानले दुई/दुई विकेट लिए। वाङखेडे स्टेडियम मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा २९१ रन बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here