नाइजेरियाका इमोह इजेकिएल ललितपुर सिटीमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिगका लागि ललितपुर सिटीले शुक्रबार चौथो विदेशी खेलाडीको रुपमा नाइजेरियन खेलाडी इमोह इजेकिएललाई अनुबन्ध गरेको छ ।

नाइजेरियाको राष्ट्रिय टिमबाट समेत खेलिसकेका ३० वर्षीय इमोहले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा नाइजेरिया यू-२३ टिमबाट खेल्दै कास्य पदक जितेका थिए । उनले सन् २०१४ मा मेक्सिको विरुद्ध नाइजेरियाको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

ललितपुरले यसअघि तीन विदेशी खेलाडीमा नाइजेरियन डिफेण्डर ओमालाजा नुरेन करिम तथा फ्रेन्च फरवार्ड पापा इबो केबे र फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसलाई अनुबन्ध गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here