जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । यसअघि समूह चरणमा लगातार २ खेलमा पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् ।

बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् । जवाफी ब्याटिङमा उत्रिएको जापानका लागि ओपनर अकरी निशिमुराले सर्वाधिक २९ रन बनाइन्। हिनासे गोतोले १६ तथा अहिल्या चन्देलले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

जापानविरुद्ध नेपालका संगीता राई, इन्दु बर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले समान १–१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here