विश्वकप क्रिकेट फाइनल: अस्ट्रेलियाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन्। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे सुरू हुने खेलमा अस्ट्रेलियाले टस जितेको छ। अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नेछ।

यी दुई टिम २० वर्षपछि फेरि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । घरेलु टोली १२ वर्षपछि विश्वकप क्रिकेटको उपाधि उचाल्ने दाउमा छ भने पाँच पटकको च्याम्पियन अस्ट्रेलिया कीर्तिमान बनाउने लक्ष्यमा हुनेछ ।

सन् २००३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भारतलाई एक सय १५ रनले पराजित गर्दै अस्ट्रेलियाले तेस्रोपटक ओडीआई विश्वकप च्याम्पियन बनेको थियो । आज भारतका लागि उक्त हारको बदला लिँदै उपाधि हात पार्ने अवसर हुनेछ । भारतले पछिल्लो पटक सन् २०१५ र अस्ट्रेलियाले २०१५ मा उपाधि जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here