युवापुस्तामा बढ्दो इ-सिगरेटको क्रेज, स्वास्थ्यमा घातक असर

काठमाडौं । पछिल्लो समय धुम्रपान गर्नेहरुबीच इ-सिगरेटको क्रेज बढ्दै गएको छ।धुम्रपानको तलबाट छुटकरा पाउनका लागि पनि इ-सिगरेटको प्रयोग गरेको पाइन्छ।

तर चुरोटका पारखीहरुलाई लाग्न सक्छ अरु चुरोटभन्दा इ-सिगरेटले कम मात्रामा स्वास्थ्यलाई हानी गर्छ।तर यो कुरा झुठो भएको एक रिपोर्टले देखाएको छ।

हालै बेलायतमा भएको सर्वेक्षणअनुसार ११ देखि १७ वर्षका पाँचमध्ये एक बच्चाले इ-सिगरेटको प्रयोग गर्छन् । यो संख्या सन् २०२० को भन्दा तीन गुणा बढी हो । नेपालको सन्दर्भमा भने यसबारे अनुसन्धान भएको छैन ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) एक रिपोर्टअनुसार इ-सिगरेटमा पनि अरु चुरोटमा हुने विषाक्त रसायनजत्तिकै रसायन हुनेगर्छ।यसले फोक्सोका जीवाणुलाई नष्ट गर्छ।

अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलका शोधकर्ताहरुले गरेको अध्ययनमा इ–सिगरेट तथा पारम्परिक सिगरेट दुवै एकसाथ सेवन गर्दा श्वास प्रश्वास सम्बन्धी समस्या बढ्ने देखिएको छ ।

यो निष्कर्ष झण्डै २१ हजार मान्छेको तथ्यांक विश्लेषणको आधारमा गरिएको हो । यसमा सहभागी ११.८ प्रतिशत इ–सिगरेट तथा १७.१ प्रतिशत पारम्परिक सिगरेट सेवन गर्नेहरु थिए । दुवै सिगरेट सेवन गर्ने भने १९.७ प्रतिशत रहेका थिए ।

विद्युतीय चुरोट हो जुन ब्याट्रीबाट चल्छ । मानिसहरूले यसमा तरल पदार्थलाई सास फेर्न सकिने वाष्पमा तताउन प्रयोग गर्छन् । श्वास लिने बाफमा निकोटिन (सुर्तीमा लाग्ने लत लाग्ने औषधि), स्वाद र विषाक्त पदार्थहरू समावेश हुने भएकाले यसलाई क्यान्सर निम्त्याउन सक्ने सुर्तीजन्य पदार्थ मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here