उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड, ९८ प्रतिशत आवेदकको हात खाली

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १७ हजार ८४५ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । तीमध्ये भाग्यमानी एक जनाले थप १ कित्ता र अर्को एक जनाले थप ०.१८ कित्ता शेयर पाएका छन् ।

३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

लघुवित्तले सर्वसाधारणका लागि कात्तिक २१ गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ बिक्रीम ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here