लिभरपुलसँग रोकियो सिटी, हाल्यान्डको कीर्तिमान

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी अग्रताले जोगाउन नसक्दा लिभरपुलसँग १–१ को बराबरीमा रोकिएको छ । शनिबार घरेलु मैदान इत्तिहाद रंगशालामा सम्पन्न खेलमा सिटीका लागि हाल्यान्डले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको २७औँ मिनेटमा नाथन एकेको पासलाई पोस्टको दिशा देखाउँदै हाल्यान्डले घरेलु टिमलाई अग्रतामा राखेका थिए । ८०औँ मिनेटमा टेन्ट एलेक्सान्डर–अमोल्डले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए ।

गोलसँगै हाल्यान्डले प्रिमियर लिगमा सर्वाधिक छिटो ५० गोलको कीर्तिमान समेत बनाउन सफल भए। उनले ४८ खेलमा ५० गोल गर्ने कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान एन्ड्रियु कोलको नाममा थियो। उनले ६५ खेलमा ५० गोल पूरा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here