एसिया कपका लागि नेपाली टोली घोषणा, गुल्सन झा पनि यू १९ मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमा मंगलबार १४ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको हो।

एसिया कप खेल्ने यू-१९ टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रांगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।

यूएईमा डिसेम्बर ८ देखि हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत, पाकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here