आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पोखरामा केपी अ‍ोली कप टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ। अनुभवी क्रिकेटरले भरिएको आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।

सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन् ।

जवाफ ब्याटिङमा आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सक्यो । आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।

सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन् ।

उपाधिसँगै मधेशले ५ लाख रुपैयाँ प्राप्त भएको छ। उपविजेता भएको आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here