सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २० हजार नाघ्यो

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन ८०० रुपैयाँले बढ्दै प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ रहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ हजार ५ सय ४५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here