७.८ मिलियन डलरमा बिक्यो कतार विश्वकपमा मेसीले लगाएको जर्सी

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्पकपमा लगाएको जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको छ। अमेरिकाको न्यूयोर्कमा राखिएको अक्सनमा मेसीले लगाएका ६ वटा जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको हो।

मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप जितेको थियो।

मेसीले फाइनल, सेमिफाइनल, क्वाटरफाइनल, अन्तिम १६ र समह चरणको दुई खेलमा लगाएका ६ जर्सी अक्सनमा बिक्री भएको छ । कीर्तिमानी ८ पटकको बालोन डे’ओर विजेता मेसी एकै विश्वकपमा समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

मेसीको जर्सी लिलामीबाट प्राप्त आम्दानीको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा रहेको युनिकास परियोजनालाई दान गरिने सोथबीले जनाएको छ ।

डिएगो म्याराडोनाले सन् १९८६ मा इंग्लयाण्ड विरुद्ध चर्चित ‘ह्याण्ड अफ गड’गोल क्रममा लगाएको जर्सी गत वर्ष ७.१ मिलियन पाउण्डमा बिक्री भएको थियो ।

म्याराडोनाले हातले परेको गोललाई त्यतिबेला रेफ्रीले समेत ठम्याउन सकेका थिएनन्। म्याराडोनाको उक्त ‘हाते’ गोललाई ह्याण्ड अफ गड भनिने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here