तोलामा १३ सय रुपैयाँले घट्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । नेपाल बजारमा आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँले सस्तो भएको छ। गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ घटेर १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार तेजाबी सुन भने तोलाको एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here