घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँघटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here