Tag: Nabil Bank

नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

नबिल बैंक लिमिटेड नेपालको अग्रणी बैंक हो। बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१७ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्यारामाउन्ट मोटर्स र नबिल बैंकबीच सम्झौता

नेपालमा विद्युतीय गाडी वुलिङ्गको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रा.लिले आफ्ना ग्राहकहरुलाई वित्तिय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ।

बंगलादेशको आइएफआइसी बैंकले नबिलको शेयर नबेच्ने, प्रक्रिया स्थगित

बंगलादेशको आइएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको सेयर बिक्री नगर्ने भएको छ ।आइएफआइसीले डेढ वर्ष अघि नबिलको सेयर बिक्री प्रक्रिया सुरु गरेकोमा अहिले स्थगित गर्ने निर्णय गरेको हो ।

नबिल बैंक कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो

आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा नबिल बैंक सबैभन्दा आक्रमक देखिएको छ । १० महिनाको अवधिमा २० वाणिज्य बैंकमध्ये नबिल कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो स्थानमा रहेको छ ।

नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल २ वर्ष थप

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ ।

मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो (भिडियोसहित)

मातातीर्थ औँसीको अवसरमा नबिल बैंकले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ सो भिडियो बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक गरेको छ ।

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, वार्षिक ब्याजदर ८ प्रतिशत

यसबारे दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका छन्।

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औं शाखा सञ्चालन

देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको बताउँदै आएको छ । सो अवसरमा दुल्लू नगरपालिका प्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताए ।

८ महिनामा धेरै नाफा कमाउनेमा नबिल, पच्छ्याउँदै ग्लोबल आइएमई बैंक

नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । कम्पनीले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट

नबिल बैंक लिमिटेडका ग्राहकले काठमाडौंको कमलादीस्थित स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् ।